ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आयोजना प्रभावित क्षेत्रका लागि पिपुल्स पावरको आईपीओ विक्री खुला

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (बुधवार) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी रू.६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्कासन गर्ने भएको हो । 

सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । 
उक्त आईपीओमा आवेदकले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिने समय थप गरिने छ । 

उक्त आईपीओमा आवेदकले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलामशाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइमकमर्सियल बैंकको राँके, मंगलबारे, वितौले, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।
 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x