ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुने भएको छ । आईपीओ ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो । 

उक्त कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । 

कम्पनीको आईपीओका लागि कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ताका दरले शेयर पाउँनेछन् भने बाँकी १३ लाख ६२ हजार ५३६ जनाकोे हात खाली हुनेछ ।

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी २० लाख १९ हजार ८६९ कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x