ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लिलामी शेयरमा आवेदन दिने आज (असार ८ गते बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेदेखि  २ हजार ८१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । 

उक्त शेयरमा योग्य संस्थापक शेयरधनी, सर्वसाधारण, व्यक्ति, कम्पनीतथा संघ संस्थाहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी तथा सुर्खेत शाखामा आईपुग्ने गरी आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा २ हजार ८१८ कित्ताका लागि दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

उक्त लिलामी शेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x