ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा आज

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आज (बुधवार) गर्ने भएको छ । कम्पनीले सभा होटल पौवा रत्ननगर १ टाँडी, चितवनमा बिहान ११ बजे हुने जानकारी दिएको छ । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ । 

सधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन  सक्नेछन् ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x