असार ८, काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ अधिकृत माग गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयका लागि एक जना वरिष्ठ अधिकृत माग गरेको हो ।
ईच्छुक उमेरदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालय वा कम्पनीको इमेल ठेगानामा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसारको कार्य अनुभवसहितको आवेदन पठाउन सक्नेछन् ।