ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता  

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बुधवार विहान बाँडफाँट भएको छ।

आईपीओ विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा उक्त शेयर बाँडफाँट गरिएको हो। सिद्धार्थ क्यापिटलका अनुसार रितपूर्वक परेका आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। जसमध्ये ९ जना  भाग्यमानीले थप एकर एक कित्ता पाएका छन् । अर्थात् उनीहरुले ११ कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीको आईपीओमा १४ लाख ७१ हजार ६६५ जनाले आवेदन दिएका थिए जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको छ भने बाँकी ८८२ आवेदन रद्द भएको छ। 

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी २० लाख १९ हजार ८६९ कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x