ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो, जेठमा मात्रै ६२ हजार ३४९ जनाले लगे श्रम स्वीकृति

२०७९ असार, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको जेठ महीनाको प्रतिवेदन अनुसार गत महीनामा मात्रै ६२ हजर ३४९ जनाले श्रम स्विकृति लिएका छन् । सोहि अवधिमा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २९ हजार ३८२ जना नेपाली युवायुवतीले वैदेशिक रोजगारिका लागि श्रम स्विकृति लिगेका छन् ।

जेठ महीनामा व्यक्तिगत तवरबाट विभिन्न देशमा रोजगारीको लागि ४ हजार ४७८ जनाले श्रम स्विकृति लिएका छन् । त्यसैगरि, सोहि अवधिमा वैधानिक माध्यमबाट २२७, पुन श्रम स्विकृति लिने २८ हजार २६२ जनाले श्रम स्विकृति लिएका छन् ।

यो संख्या वैशाख महीनाको भन्दा ३८ प्रतिशतले वृद्धि भएको हो । वैशाख महीनामा ४५ हजार ४ जनाले श्रम स्विकृति लिएका थिए । वैदेशिक रोजगारिमा जाने नेपालीको पहिलो रोजाई जेठ महीनामा कतार बनेको छ ।

कतारका लागि सबैभन्दा धेरै अर्थात् १५ हजार ५६ जना नेपालीले श्रम स्विकृति लिएका छन् । त्यसैगरि, साउदी अरेबियामा १२ हजार ७०१ जनाले श्रम स्विकृति लिएका छन् ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x