ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०७९ असार, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य बुधवार प्रतितोला ४०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार पनि सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलवार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२८ दशमलव ४४ डलर पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्यमा भने बढेको छ । बुधवार एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव २२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव शून्य ७ रुपैयाँ रहेको थियो ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x