असार ८, काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग बीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसं र राजदूतबीच छलफल भएको हो ।
राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक संबृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन खसहयोग गर्न राजदूतलाई आग्रह गरेको छ । त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमती समेत भएको परसंघले जनाएको छ ।
राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताएका थिए। ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो ।
प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगती, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको जनाइएको छ । राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन। ‘ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ । हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौ,’ राजदुत हार्टोगले भने ।
छलफलमा नेपालबाट निर्यात हुने हस्तकला सामाग्रीको प्रबद्र्धन, दुई देशबीच पर्यटन प्रबद्र्धनमा पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो । यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी दक्षेत्रसँग समन्वय गराउन समेत आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष शतिस कुमार मोर, कृषि परिषद् सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।