ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रोग्रेशिभ फाइनान्सका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक २५औं वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो ।

२०७८ पुस १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा भएको कम्पनी जानकारी दिएको छ । कम्पनीले  उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि क्रमश : बोनस शेयर जम्मा हुने बताएको छ ।

साथै कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेको भए आफ्नो शेयर अभौतिकीकरण गर्न पनि भनेको छ । शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x