असार ८, काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य निर्धारणका बिषयमा उठेका प्रश्नको गैरजिम्मेवार जवाफ दिएका छन्।
राष्ट्रिय सभाको बुधवारको बैठकमा १५ दिनमा इन्डियन आयल निगम IOC बाट मूल्य सूची आउने भए पनि नेपाल आयल निगम NOC ले नौ दिनमै मूल्य बढाएको भन्ने प्रश्न उठेपछी मन्त्री बढुले गैरजिम्वेवार जवाफ दिएका छन् । उनले वैशाख ३१ गते र जेठ ९ गते मूल्य बढेको र त्यो दुई फरक फरक महीना भएको जवाफ दिएका हुन् । यद्यपि IOC ले अंग्रेजी महीना अनुसार मूल्य पठाउने गरेको छ ।
यो अनुसार निगमले १० दिनभित्रै दुई पटक मूल्य बढाएको थियो । सर्वसाधारण र व्यवसायिक क्षेत्र हेरेर फरक - फरक रंगका वा फरक- फरक तौलका सिलिन्डर कुन प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको पनि उनले बताए । उनले यसको लागि आयल निगमले अध्ययन गरिरहेको पनि बताए ।
सरकारले मूल्य नियन्त्रण गर्न संबेदनशिल भएर काम गरिरहेको पनि उनले दाबी गरे । बजारमा रहेको स्टकको बिषयमा बिचारै नगरी मूल्य बढाएर व्यापारीलाई लुट्न दिएको भन्ने प्रश्नमा उनले यो अटोमेसन २०७१ साल देखिनै शुरु भएको र नियमावलीमै बढ्दा हुने फाईदा र घट्दा हुने नोक्सानी व्यवसायीले नै व्यहोर्ने, निगम जिम्मेवारी नहुने भन्ने रहेछ त्यहि अनुसार नै भएको जवाफ दिए ।
सस्तो बजारमा तेल खरीदको लागि पनि अध्ययन भइरहेको उनले बताए । योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन भइरहेको र त्यसले दिने सुझाव अनुसार अगाडी बढ्ने पनि उल्लेख गरे
उनले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारले नै ईन्डक्सन चुल्होमा अनुदान दिनुपर्ने र यो नीति तथा कार्यक्रममै भएको पनि उल्लेख गरेका छन् ।