ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कारोबार रकम १ अर्बभन्दा मुनि, किन एकदिन पनि टिक्न सकेन बजार वृद्धि ?

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यो दिन नेप्से परिसूचक ३१ दशमलव २१ अंक घटेर १ हजार ८९३ दशमलव ५३ विन्दुमा बन्द भएको छ ।  यो दिन कारोबारमा आएका २२९  ओटा धितोपत्रको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर २० हजार ४२० पटकमा रू. ८४ करोड ३७ लाखमा खरीदविक्री भएको छ ।

अघिल्लो कारोबार दिन मंगलवार भने बजार ३९ दशमलव ९३ अंक बढेर १ हजार ९२४ दशमलव ७४ विन्दुमा पुगेको थियो । यो दिन भने बजार ३१ दशमलव २१ अंकले घटेको हो । यसरी हेर्दा बजार वृद्धि एक दिन पनि टिक्न सकेको देखिएन । लगानीकर्ताहरु झण्डै एकसातादेखि बजार सुधार र विकासका लागि आन्दोलनरत छन् ।

मंगलवार बेलुका मात्र नेपाल धितोपत्र बोर्डले पत्रकार सम्मेलन गरेर अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको माग सम्बोधन गरिने आश्वासन दिएका थिए । तर उनको आश्वासनलाई लगानीकर्ताहरुले पत्याएनन् । सोही कारण बुधवार बजार घट्यो । हुन त शेयर बजार घटबढ भइरहन्छ भन्ने पनि लगानीकर्ताले बुझ्नु पर्दछ । 

घटेको बजार फेरिमाथि जान्छ भन्ने दह्रो विश्वास लगानीकर्तामा हुन आवश्यक छ । सस्तो मूल्यमा जोखिम बहन गर्ने क्षमतालाई ध्यान गर्दै दिर्घकालिन हिसाबले लगानी गरेमा शेयर बजारबाट प्रतिफल प्राप्त गर्ने शेयर विश्लेषकहरु बताउँछन् । 

यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई समुन्नत स्किम - १ र आँधिखोला लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  

ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य रू. ९ दशमलव ७५ र आँधिखोला लघुवित्तको शेयरमूल्य रू. ८७३ दशमलव ४० पुगेको छ । यो दिन सबैभन्दा बढी युनाइटेड इदि मार्दी आरवि हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ४८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६१५ दशमलव ३० मा झरेको छ ।

त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ६२ प्रतिशत घटेर रू. १८३ कायम भएको छ । 

यो दिन सर्वाधिक शेयर खरीदविक्री भने नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ३ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८२ काम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको रू. २ करोड ६७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x