ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो असार २९ मा साधारण सभा 

२०७९ असार, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा असार २९ गते गर्ने भएको छ ।

कम्पनीले सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अधिकृत पूँजी हाल रू. १ अर्ब २५ करोडबाट वृद्धि गरेर रू. ३ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x