असार ८, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुधवारदेखि लिलामीमा संस्थापक शेयर विक्री खुला गरेको छ ।
कम्पनीले १८ लाख १२ हजार ८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । विद्यमान संस्थापकलगायत इच्छुक योग्य व्यक्ति तथा संघ संस्थाले असार १५ गते कार्यालयसम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार १५ गते कार्यलयसमय भित्र प्राप्त भएका बोलपत्र असार १६ गते बिहीवार बिहान १० बजे एनआईबिएलएस क्यापिटल लाजिम्पाटमा बोलपत्रदाताको उपस्थितिमा खोलिने जानकारी दिएको छ । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।