ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भारतबाट दैनिक ५० हजार लिटर दूध खरीद

२०७९ असार, ९  
१० वर्ष अघि
NA

पाउडर दूध खरीद विवादमा परेपछि दुग्ध विकास संस्थानले दैनिक ५० हजार लिटर दूध भारतबाट ल्याउन थालेको छ । संस्थानले भदौको दोस्रो सातादेखि भारतको विहार राज्यको पटना डेरी प्रडक्टसँग सम्झौता गरेर दूध ल्याउन थालेको हो । संस्थानका महाप्रबन्धक अजवलाल यादवका अनुसार हैटौंडामा डेलिभरी लिने गरी प्रतिलिटर रू. २९ का दरले दैनिक ५० हजार लिटर ताजा दूध लिन थालिएको छ । काठमाडौंमा अहिले पटनाबाट ल्याएकोबाहेक दैनिक रूपमा जिल्लाबाट खरीद गरी ल्याउने १ लाख लिटर गरी कुल १ लाख ५० हजार लिटर दूध वितरण गर्ने गरिएको छ । आव २०६५/६६ मा संस्थानले १८ लाख लिटर दूध पटना डेरीलाई विक्री गरेको थियो । त्यसबेला स्वदेशी उद्योगलाई धराशयी पार्ने गरी संस्थानले कमिसनको खेलमा सो डेरीलाई दूध बेचेको आरोप निजी डेरीहरूले लगाएका थिए । आव २०६६/६७ मा भने मुख्य दूध उत्पादन हुने बेला दैनिक १५ देखि २० हजार लिटर दूध सुजल डेरीलाई दिने भनी संस्थान र सुजल डेरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सोअनुसार संस्थानले दूध उपलब्ध नगराएकाले कम्पनीलाई नोक्सान भएको दाबी गर्दै सुजल डेरीले संस्थानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । दुई वर्ष अघिसम्म बिहारमा नेपालबाट दूध निर्यात गरिन्थ्यो ।

वर्ष ६ अंक ३ , सोमवार २१ भदौ, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x