ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याकसहित अतिरिक्त बोनस

२०७९ असार, ९  
बजार
NA

काठमाडौं (अस) । आइएमई पेबाट हवाई टिकट काट्दा क्यासब्याकसहित अतिरिक्त ३०० रुपैयाँ बोनस पाइने भएको छ । कम्पनीले हवाई उडान टिकटमा नयाँ अफर सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । ‘उच्च तापक्रममा उच्चतम छूट’ नामक ‘फ्ल्यास सेल’ अफरमार्फत यात्रुले मंगलवार र शनिवार दिउँसोको ३ देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई टिकट काट्दा क्यासब्याकसहित थप ३०० रुपैयाँ बोनस पाउन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त अफर हप्ताको दुई दिन (मंगलवार र शनिवार) १ घण्टाका लागि मात्र लागू हुनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x