ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न

२०७९ असार, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा बुधवार सम्पन्न सभाले हाल कायम रहेको चुक्तापूँजी (रू. २६ करोड २४ लाख ६७ हजार ६००)को १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाको निर्णयबमोजिम हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी रू. ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्नेछ । सभाले पूँजीवृद्धिको प्रस्ताव पारित गरेसँगै सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव, मर्जर तथा एक्विजिसनका लागि समझदारी लगायत सोसँग सम्बन्धित कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x