ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल एसबिआईले ल्यायो ‘धनवृद्धि योजना’दोब्बर र तेब्बर प्रतिफल दिइने

२०७९ असार, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपाल एसबिआई बैंकले ‘धनवृद्धि योजना’अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महीनामा २ गुणा तथा १० वर्ष ३ महीनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा ब्याज साँवामा पूँजीकृत हुने र परिपक्वतापछि एकमुष्ट रकम भुक्तानी गरिने बैंकले बताएको छ ।

ग्राहकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण पाउन सक्नेछन् । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ । साथै संस्थाको हकमा जम्मा गरिएको रकममा ७ वर्षमा २ गुणा र ११ वर्ष ३ महीनामा ३ गुणा प्रतिफल दिइने बैंकले बताएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x