असार ९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (असार ९ गते ) सम्म रहेको छ। कम्पनीले कूल ७ लाख ७२ हजार ६६६ कित्ता शेयर असार १ देखि लिलामीमा विक्री खुला गरेको हो । इच्छुक आवेदकले आज असार ९ गते कार्यलयसम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले गत चैत २९ गते देखि २०७९ वैशाख ७ गते सम्म लिलाम बढाबढ गरी विक्री गर्दा बाँकी रहेको संस्थापक शेयर पुन लिलामीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड विराटनगर आदर्शनगर,विरगञ्ज, न्युरोड पोखरा,ट्राफिक चोक बुटवल,शुर्खेछ रोड, नेपालगञ्ज विरेन्द्रचौक विरेन्द्रनगर,शुर्खेत मेनरोड चौराहा धनगढी बाट बोलपत्र आवेदन फाराम पाउने र बुझाउन सक्नेछन् । साथै समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय हेटौडा,मकवानपुर शाखा कार्यालय पुतलीसडक काठमाडौं , नारायणगढ चितवन,पोखरा कास्की बुटवल रुपन्देहीमा पनि बोलपत्र बुझाउन सक्नेछन् ।