ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीयका लागि अप्पर सोलु हाइड्रोको आईपीओ बाँडफाँट

२०७९ असार, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ९, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ असार ८ गते बुधवार बाँडफाँट भएको हो ।   

कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दामा आईपीओ निष्कासन गरेको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा आईपीओ जारी गरेको कम्पनीले  असार २० गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x