ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बिहीवार युके पाउण्ड स्टलिङ १ लाई रू.१५४.०१ पर्ने, डलरको भाउ पनि बढ्यो 

२०७९ असार, ९  
समाचार अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

असार ९, काठमाडौं । बिहीवार डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार अमेरिकन १ डलरको विक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेकोमा बिहीवार बढेर १२५ रुपैयाँ ७२ पैसा पुगेको छ । एक दिनको अन्तरालमा डलरको भाउ ५० पैसा पढेको हो ।  

आज १ अमेरिकन डलरको खरीददर १२५ रुपैयाँ १२ पैसा र विक्रीदर १२५ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो १ को खरीददर १३१ रुपैयाँ ६३ पैसा र विक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । 

युके पाउँण्ड स्टलिङ १ को खरीददर १५३ रुपैयाँ २८ पैसा र विक्रीदर १५४ रुपैयाँ शुन्य १ पैसा रहेको छ । जापानिज १० यनको खरीददर ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ । कुवेति दिनार १ को खरीदर ४०७ रुपैयाँ ७६ पैसा छ भने विक्रीदर ४०९ रुपैयाँ ७१ पैसा रहेको छ । 

आजको विदेशी विनिमयदर यसस्तो छ  


 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x