असार ९, काठमाडाैं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ ।
बिहीवार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विक्रीदर मूल्य १२५ रुपैयाँ ७२ पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो । केही दिनयता डलरको भाउ १२५ रुपैयाँभन्दा माथि रहँदै आएको छ । त्यस्तै, अमेरिकी डलरको खरीददर मूल्य १२५ रुपैयाँ १२ पैसा कायम भएको छ ।
डलरको माग बढ्दा यसको मूल्य पनि बढेको हो । डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा कमजोर हुनु हो । नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुन्छ ।
५ वर्षमा डलरको मूल्य २३ रुपैयाँ बढिसकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०१७ जुनमा डलरको भाउ १०२ रुपैयाँ हाराहारीमा थियो ।