ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि - ओपन सेसनमा ४.१३ अंकले घट्यो नेप्से, २६ ओटा कम्पनीको शेयर खरीदविक्री

२०७९ असार, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ९, काठमाडौं ।  साताको पाँचौ कारोबार दिन बिहीवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक १ हजार ८८९ दशमलव ४० विन्दुमा झरेको हो । उक्त अवधिसम्ममा कारोबारमा आएका २६ ओटा कम्पनीको रू.१२ लाख ४६९ बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २ लाख ६९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक ३१ दशमलव २१ अंक घटेर १ हजार ८९३ दशमलव ५३ विन्दुमा बन्द भएको थियो  । उक्त  कारोबार दिन रू.८४ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको थियो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x