असार ९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँ पुगेको छ । बुधवार यसको मूल्य तोलाको ९७ हजार ३०० रूपैयाँ कायम गरिएको थियो ।
चाँदीको मूल्य भने तोलामा ५ रूपैयाँ घटेर १ हजार २५० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले बताएको छ । बुधवार यसको मूल्य तोलाको १ हजार २५५ रूपैयाँ निर्धारण गरिएको थियो ।