असार ९, काठमाडौं । माथिल्लो अरुणमा पुगेको विश्व बैंकको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका छन् । २७ वर्ष अघि अरुण तेस्रोमा लगानी गर्न तयार भएको बैंक स्थानीयको अवरोधकै कारण पछि हटेको थियो । अहिले शुरुवातदेखि नै स्थानीयको उत्साहपूर्ण सहयोग देखेर विश्व बैंक लगानी गर्न तयार भएको छ ।
१०६१ मेगावाट क्षमताको यो आयोजना नेपालमा निर्माणमा जान लागेको अहिलेसम्मकै ठूलो आयोजना हो । जम्मा २५ घर मात्रै हटाउँदा यति ठूलो आयोजना बन्ने भएपछि विश्व बैंक थप उत्साहित भएको थियो ।
माथिल्लो अरुण जलविद्युत आयोजनाका आयोजना प्रमुख फणिन्द्रराज जोशीले खिचेका तस्वीरहरू
सबै तस्वीरहरू : फणिन्द्रराज जोशी/अपर अरुण जलविद्युत आयोजना