नेपालमा बायोग्यासबाट मात्र प्रतिघण्टा ४ सय ९१ मेगावाट बराबर ऊर्जा उत्पादन हुने गरेको छ । बायोग्यास सहयोग कार्यक्रम (बीएसपी) ले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०६६/६७ को अन्तसम्म बीएसपीले निर्माण गरेको कुल २ लाख २८ हजार ३ सय ७१ बायोग्यास प्लान्टबाट नेपालमा ४ सय ५७ मेगावाट बराबर ऊर्जा उत्पादन भएको छ । यसबाहेक अघिल्लो बीएसपी कार्यक्रम अन्तर्गतका करीब ११ हजार ७ सय र गोल्ड स्ट्यान्डर्ड प्रोजेक्ट अन्तर्गत निर्माण भएका ५ हजार ६ सय प्लान्टसहित हाल नेपालमा करीब २ लाख ४६ हजार बायोग्यास प्लान्ट सञ्चालित छन् ।
उत्पादित ऊर्जाबाट ११ लाख ४२ हजार जना लाभान्वित भएको बीएसपीका सहायक निर्देशक खगेन्द्रनाथ खनालले बताए । नेपालमा गत आवसम्ममा ६ सय ७१ बायोग्यास प्लान्ट निर्माण भएका छन् । सञ्चालित प्लान्टहरूको उत्पादन प्रतिघण्टा ४ सय ९१ मेगावाट रहेको छ । यसको आधारमा बायोग्यास प्लान्टबाट प्रतिघण्टा ४ लाख ९१ हजार किलोवाट ऊर्जा उत्पादन हुन्छ । नेपालमा दुईदेखि २० घनमिटरसम्मको बायोग्यास योजनाहरू निर्माण गरिँदै आएका छन् । स्थानअनुसार बायोग्यास प्लान्टको लागत फरक फरक रहेको छ ।
वर्ष ६ अंक ३, सोमवार २१ भदौ, २०६७