ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ग्राहकको रोजाइको डिजाइनमा डेबिट कार्ड : ग्लोबल आइएमई बैंक

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकका ग्राहकले व्यक्तिगत रोजाइको डिजाइनमै डेबिट कार्ड पाउने भएका छन् । बैंकले ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको हो । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत सो सुविधा उपलब्ध गराउने भएको हो । डेबिट कार्ड लिन ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसार छ कि छैन भनेर भर्चुअल रूपमै हेर्न पाउने बैंकको भनाइ छ ।

बैंकले ७६ जिल्लामा २८८ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा र ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x