ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साङ्ग्रिलाका ग्राहकलाई स्वीमिङ पुलदेखि अस्पतालसम्म छूट

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्वीमिङ पुलदेखि अस्पतालसम्ममा छूट पाउने भएका छन् । बैंकले बिहीवार सम्झौता गरेका विभिन्न व्यावसायिक फर्मबाट ग्राहकले छूट पाउने भएका हुन् । सम्झौताअनुसार मध्यपुरथिमि नगरपालिका–७ मा रहेको केयर हेल्थ पोलिक्लिनिकबाट स्वास्थ्य सेवा लिँदा बैंकका ग्राहकले ५ देखि ५० प्रतिशतसम्म छूट पाउनेछन् । सोही स्थानमा रहेका आर्यांशु ओरल डेन्टल क्लिनिकको सेवामा ५ देखि २० प्रतिशत, द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा ८ प्रतिशत छूट दिनेसम्बन्धी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।  त्यस्तै, जयश्री सिद्धि गणेश स्वीमिङ पुलको सेवामा ३० प्रतिशत र बीएण्डबी टपरी रेष्टुराँमा बैंकका ग्राहकले ५ देखि ७ प्रतिशत छूट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सम्बन्धित संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x