काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका अपरेशन डाइरेक्टर चण्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरीद गर्ने ग्राहकको बीमालेख सीमासम्म अस्पतालले नगदरहित हस्पिटलाइजेशन सुविधा दिने कम्पनीले बताएको छ ।