ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खप्तड लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक गर्ने भएको छ । त्यसका लागि संस्थाले मेगा क्यापिटल मार्केट्स कम्पनीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार मेगा क्यापिटलले शेयर निष्कासन, बाँडफाँटपश्चात् कम्पनीको शेयरधनीको अभिलेख राख्ने लगायतका काम गर्नेछ । त्यस्तै शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस शेयरहरूको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्नमा पनि कम्पनीले काम गर्नेछ । शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रार सम्बन्धी सबै सेवा सोही कम्पनीले गर्नेगरी मेगा क्यापिटल मार्केट्स कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x