ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरका २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बिहीवार एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । बैंकले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गर्दै सो सम्झौता गरेको जानकारी दिएको छ । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट विक्री गरिने बैंकले बताएको छ । सो सम्बन्धमा आवश्यक व्यवस्थापन क्यापिटलले गर्नेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x