काठमाडौं (अस) । परराष्ट्रमन्त्री नारायण खड्का र नेपाल अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा दुई पक्षबीच भेटघाट भएको संघले जानकारी दिएको छ । सो क्रममा संघका पदाधिकारीले नेपाल र अमेरिकाबीचको व्यापार समस्या तथा सहजीकरणका लागि नेपाल सरकारले चालेका पहलकदमीका विषयमा छलफल भएको संघको भनाइ छ ।
त्यस्तै नेपाली विद्यार्थीले अमेरिकामा अध्ययन भिसाका लागि दिने अन्तरवार्ता समयमा सम्पन्न नभएर देखापरेका समस्या, जलस्रोतमा अमेरिकी लागानी अभिवृद्धि, अमेरिकन चेम्बर अफ कमर्शसँग संघको सहकार्य लगायत विषयमा छलफल गरिएको संघले जानकारी दिएको छ ।