ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना हुँदै

२०७९ असार, १०  
बजार
NA

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ को आयोजना गर्ने भएको छ । नेपालमा स्टार्टअपलाई अभियानको रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिसंघले बताएको छ ।

कार्यक्रममा सहभागी हुने स्टार्टअपहरूले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् । स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय तोकिएकोमा ३०० भन्दा बढी परियोजनाको प्रस्ताव आएको बताइएको छ, जसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट १० ओटा प्रस्तावलाई प्रस्तुति र पूँजी लगानीको अवसर प्रदान गरिने जानकारी परिसंघले दिएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x