ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘कफी निर्यात गाइड’ पुस्तिका सार्वजनिक

२०७९ असार, १०  
विविध
NA

काठमाडौं (अस) । नेपाली कफीको निर्यात सहजीकरणका लागि ‘कफी निर्यात गाइड’ पुस्तिका प्रकाशनमा ल्याइएको छ । यूरोपेली संघ अन्तर्गत नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोग, अन्तरराष्ट्रिय व्यापार केन्द्र जेनेभाको समन्वय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा कफी निर्यात गाइड सार्वजनिक गरिएको हो । यूरोप र अमेरिकाका शहरमा नेपाली कफीको निर्यात तथा बजारीकरणमा उक्त पुस्तिकाले महत्त्वपूर्ण सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नेपालका लागि यूरोपेली संघका राजदूत नोना डेप्रे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले उक्त पुस्तिकाको संयुक्त रूपमा विमोचन गरेका हुन् । सोही अवसरमा ‘मार्केट एक्सेस म्याप’ पोर्टलसमेत सञ्चालनमा ल्याइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पाण्डेले नेपालको निर्यात व्यापारमा एउटा खुुड्किलो थपिएको बताए । नेपाली कफी विश्व बजारमा लोकप्रिय रहेको भए पनि निर्यातमा असहजता चुनौतीको रूपमा रहेको भन्दै उनले उक्त पुस्तिका र मार्केट एक्सेस म्यापले यसमा सहयोग पुग्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x