ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं : अर्थमन्त्री

२०७९ असार, १०  
समाचार
NA

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको उनले प्रष्ट पारेका हुन् । ‘गरीब किसानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमानदारीपूर्वक फिर्ता गरेको उदाहरण पनि छन्,’ उनले भने, ‘तर, अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’

आर्थिक बर्ष २०७९/८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै उनले दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए । किसानको उत्पादन बजारसम्म सहजै पुर्‍याउन कृषि एम्बुलेन्सको शुरुआत गरिएको उनले बताए । वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढीको कृषि वस्तुको आयात प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको उनको भनाइ छ । ‘आयात प्रतिस्थापनका लागि कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ,’ उनले भने । जमीन, पानी वन तथा समग्र प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि उनले बताए ।

बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेका दुईओटा सूचना प्रविधि सम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x