असार १०, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको न्याभ रू. १० दशमलव ६७ रहेकोमा जेठ महीनामा रू. १० दशमलव शून्य ८ कायम भएको हो । एक महिनाको अवधिमा न्याभमा रू. शून्य दशमलव ५९ घटेको हो ।
त्यसैगरी फण्डको नाफा वैशाख महीनाको तुलनामा जेठ महीनामा घटेको छ । फण्ड वैशाख मसान्तसम्ममा रू. ४ करोड ५० लाख नाफामा रहेकोमा जेठ महीनामा रू. १ करोड २९ लाख नोक्सानीमा रहेको छ ।
जेठ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी घटेकोले नाफा घटेको हो । वैशाख मसान्तसम्ममा जम्मा खर्च रू. १ करोड ६७ लाख रहेकोमा जेठ मसान्तसम्ममा बढेर रू. १ करोड ८३ लाख पुगेको हो । त्यसैगरी जेठ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ५४ लाख रहेकोमा सो आम्दानी वैशाख महीनासम्म ६ करोड १८ लाख थियो ।
फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । वैशाख मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ४५ करोड १४ लाख लगानी रहेकोमा जेठ मसान्तसम्ममा घटेर रू. ४२ करोड ५२ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा रू. ७ करोड रहेको छ । बैशाख महीनामा मुद्दती निक्षेपमा रू.१५ करोड रहेको थियो ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला