ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ को इकाई असार २२ गतेदेखि विक्रीमा आउने

२०७९ असार, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड –१ ले इकाई विक्री गर्ने भएको छ । उक्त इकाई असार २२ गतेदेखि विक्री गर्न लागेको हो । 

फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री गर्न लागेको छ । उक्त निष्कासन गरिएको इकाईमध्ये ६ करोड इकाई न्युनतम विक्री हुनुपर्ने आह्वान पत्रमा उल्लेख छ । 

कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात १८ लाख इकाई तथा कोष प्रबन्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिनेछ । 

उक्त इकाई असार २२ गतेदेखि २६ गतेसम्म विक्रीमा आउने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थप हुनेछ । निष्कासन इकाईमा १०० देखि १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x