ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रभु इन्स्योरेन्सद्वारा ११ प्रतिशत बोनस शेयर वितरण 

२०७९ असार, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत चैत ३० गते २६औं वार्षिक साधारण सभाबाट पारित गरेको ११ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफबाट यस वर्ष ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको जानकारी कम्पनीले गराएको हो । कम्पनीले ११ प्रतिशत बोनस शेयर वापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता शेयर असार ७ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । 

असार ८ गतेदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । लाभांश तथा सधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गरेका छन् ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x