असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ०९ अंक बढेको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ हजार ८४८ दशमलव ३७ विन्दुमा पुगेको हो ।
यस अवधिमा कारोबारमा आएका १३ कम्पनीको रू. १ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । प्रि-ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री महिला लघुवित्तको रू. ३३ हजार बराबरको भएको हो ।
बिहीवार नेप्से परिसूचक ४५ दशमलव २५ अंक घटेर १ हजार ८४८ दशमलव २८ विन्दुमा झरेको थियो भने कुल रू. १ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो ।