ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रूपैयाँ कर छुट दिन कांग्रेस नेता डा. कोइरालाको सुझाव

२०७९ असार, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६.६२ रूपैयाँ छुट दिने निर्णय गर्न सरकारलाई सुझाएका छन् । बढ्दो महँगीका कारण जनता आर्थिक मारमा परेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रूपैयाँ कर छुट दिने निर्णय गर्न सरकारलाई सुझाएका हुन् । 


‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रू १०, सडक मर्मत कर रू ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रू १२.६२ गरी जम्मा रू २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्,’ उनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x