ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धितोपत्र बोर्ड र लगानीकर्ताबीच सहमतिपछि शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

२०७९ असार, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजारमा हरियाली देखिएकाे छ । बजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच पूँजी बजारका समस्या समाधान गर्ने सहमति भएसँगै शुक्रवार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।  

लगानीकर्ता र धितोपत्र बोर्डबीच १९ बुँदे सहमति भएसँगै शुक्रवार शेयर बजार परिसूचक १३ दशमलव ७८ अंक बढेर १ हजार ८६२ दशमलव ०६ विन्दुमा पुगेको छ । कारोबारमा आएका २२३ धितोपत्रको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर २२ हजार ८७४ पटकमा रू. १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ दशमलव १९ बराबरको शेयर खरीदविक्री भएको छ ।

बोर्डले लगानीकर्ताहरूको मागको सम्बन्धमा काम गर्न कार्यान्वयन समिति नै गठन गरेको छ । उक्त समितिले आइतवारदेखि काम शुरु गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता छ । लगानीकर्ताहरूले उठाएका १९ बुँदाहरूबाहेक आवश्यक बुँदाहरूसमेत थप गरेर बजारको विकासका लागि हातेमालो गरेर अघि बढ्ने विश्वास समेत हमालले व्यक्त गरे ।

कारोबारमा आएका २२३ धितोपत्रमध्ये न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । साे कम्पनीकाे शेयर मूल्य प्रतिकित्ता रू. २७२ दशमलव ९० पुगेको छ । त्यसैगरी, दोस्रोमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव २१ प्रतिशत बढेर रू.६५५ पुगेको छ । 

शुक्रवार सबैभन्दा बढी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ८८ प्रतिशत घटेको छ । साे कम्पनीकाे शेयर मूल्य प्रतिकित्ता रू. ८८५ मा झरेको हो । त्यसैगरी शेयर मूल्य घट्ने दोस्रोमा मेगा म्युचुअल १ को इकाई मूल्य ६ दशमलव ९२ प्रतिशत घटेर रू. ७ दशमलव ४० मा झरेको हो । 

सर्वाधिक शेयर खरीदविक्री कुमारी बैंकको भएको छ । साे कम्पनीको रू. ८ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ङादी ग्रुप पावर कम्पनी छ । साे  कम्पनीको रू.६ करोड ३१ लख बराबरको शेयर खरीदविक्री भएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x