ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एसबिआई बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति

२०७९ असार, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । नेपाल एसबिआई बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले रू. १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बिहीवार बोर्डबाट अनुमति पाएको हो । अनुमतिसँगै बैंकले आगामी ५ वर्षसम्मको लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न पाउनेछ । 

बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्य‍क्तिगत तबरबाट विक्री गर्नेछ । बैंककाे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement