ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्पञ्ज आईरन र बिलेटको भन्सार दर प्रतिस्थापन विधेयक अघिकै अवस्थामा ल्याउन निर्देशन

२०७९ असार, १०  
बजार समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १०, काठमाडौं । सरकारले स्पञ्ज आईरन र बिलेटको भन्सार महसुल फरक गरेपछि केही उद्योग धरासायी भएको भन्दै भन्सार दर पुनर्विचार गर्न निर्देशन दिइएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार दर फरक भएका कारण केही उद्योग धरासायी हुनुका साथै रोजगारी र राजस्वसमेत गुमेको भन्दै उक्त निर्णय पुनर्विचार गर्न निर्देशन दिएको हो ।

समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा जारी गरेको व्यवस्थालाई प्रतिस्थापन विधेयक भन्दा अघिकै व्यवस्थामा कायम गर्न, कच्चा पदार्थ आयात गर्दा भन्सार बिन्दुमा अन्तशुल्क नलगाई सबै तयारी वस्तु तथा विक्रीमा मात्र समान ढङ्गले लगाउन निर्देशन दिएको छ ।

त्यस्तै स्पञ्जबाट बिलेट बनाउँदा केबल १५ प्रतिशत भन्दा कम मूल्य अभिवृद्धि हुने हुँदा स्पञ्जको आयातमा भन्सार महशुल ४.७५ प्रतिशतमा पूर्ण छुटको सट्टा २५ प्रतिशतसम्म मात्रै दिन, नेपालमा उत्पादन हुने स्पञ्ज आईरन तथा प्राइम बिलेट दुबै कच्चा पदार्थको आयातमा समान छुट तथा सहुलियतको व्यवस्था गर्न र नेपालमा बन्ने बिलेटलाई नेपाल गुणस्तरमान बनाई गुणस्तरीयता कायम गर्न तथा नेपाल गुणस्तरमान बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement