ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

६ कारोबार दिनले बढायो कारोबार रकम, लगानीकर्ताले डेढ खर्बभन्दा बढी गुमाए 

२०७९ असार, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, काठमाडौं । यसै सातादेखि धितोपत्र दोस्रो बजार ६ कारोबार दिन सञ्चालन भएको छ ।

जेठ महीनामा सरकारले आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुदैं आएको बजार आइतवारको सार्वजनिक विदा हटेपछि ६ कारोबार दिननै सञ्चालन भएको हो ।

कारोबार दिन बढेकाले यो साता कारोबार रकम र कित्ता बढेको छ । गत साताको तुलनामा यो साता रू. २ अर्ब ३ करोड ३७ लाखभन्दा बढीको ८० लाख ४ हजार २१५ कित्ता धितोपत्र खरीदविक्री भएको हो । गत साता पाँच कारोबार दिनमा रू. ५ अर्ब ५९ करोड ९४ लाखभन्दा बढीको १ करोड ७१ लख ९९ हजार ९२४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ७ अर्ब ६३ करोड ३१ लाखभन्दा बढीको २ करोड ५२ लाख ४ हजार १३९ कित्ता धितोपत्र खरीदविक्री भएको हो ।

कारोबार रकम र कित्ता बढेपनि यो साता बजारका अन्य सूचकहरू भने घटेका छन् । गत साताको तुलनामा नेप्से परिसूचक १०९ दशमलव ३२ अंक, सेन्सेटिभ इन्डेक्स १६ दशमलव २४ अंक घटेको छ भने कुल बजार पूँजीकरणमा रू. १ खर्ब ५५ अर्ब ८६ करोड ७१ लाखले कमि आएको छ ।

गत साताको अन्तिम कारोबार दिन १ हजार ९७१ दशमलव ३८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ८६२ दशमलव शून्य ६ विन्दुमा झरेको हो । त्यस्तै गत साता ३८१ दशमलव १४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३६४ दशमलव ९० विन्दुमा झरेको छ ।

यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक दुई दिन बढेको छ भने तीन दिन घटेको छ । पहिलो कारोबार दिन ३७ दशमलव २७ अंकले र दोस्रो दिन ४९ दशमलव ३१ अंकले घटेको बजार तेस्रो दिन भने ३९ दशमलव ९३ अंकले बढेको थियो । चौथो दिन ३१ दशमलव २१ अंकले र पाँचौ दिन ४५ दशमलव २५ अंकले घटेको बजार अन्तिम छैटौं दिनको कारोबारमा भने १३ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड र असार १ गतेदेखि आमरण अनसनमा रहेका पूँजीबजार सुधार संघर्ष समितिबीच शुक्रवार १९ बुँदे सहमति भएसँगै बजारप्रति लगानीकर्ताहरू सकारात्मक बनेका छन् । संघर्ष समितिका संयोजक तिलक कोइराला समक्ष धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बजार सुधारका लागि आवश्यक १९ बुँदा कार्यान्वयका लागि आइतवारदेखिनै काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बोर्डसँगको सहमतिपश्चात् कोइरालाले १० औं दिनमा आमरण अनसन तोडेका छन् ।
सातामा चार कारोबार दिन बजार घट्दा लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाखमा खुम्चिएको छ । यो रकम गत साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख थियो ।

यो साता जलविद्युत् समूहको उपसूचक सर्वाधिक १०.३४ प्रतिशत घट्यो  
यो साता सबै समूहगत उपसूचकहरू घटेका छन् । सर्वाधिक उपसूचक भने जलविद्युत् समूहको घटेको छ । गत साताको तुलनामा यो साता जलविद्युत् समूहको उपसूचक १० दशमलव ३४ प्रतिशत घटेको हो ।

 त्यस्तै विकास बैंकको ८ दशमलव ७९ प्रतिशत, अन्य समूहको ८ दशमलव ३८ प्रतिशत, वित्त समूहको ७ दशमलव ५८ प्रतिशत, लगानी समूहको ६ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूहको ६ दशमलव शून्य २ प्रतिशत, म्युचुअल फण्ड समूहको ५ दशमलव ४४ प्रतिशत र लघुवित्त समूहको ४ दशमलव ७५ प्रतिशत उपसूचक घटेको छ । 

त्यस्तै होटल तथा पर्यटन समूहको ४ दशमलव ७२ प्रतिशत, व्यापारिक समूहको ४ दशमलव शून्य ४ प्रतिशत, बैंकिङको ३ दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह र जीवन बीमा समूहको उपसूचक एउटै ३ दशमलव २२ प्रतिशतले घटेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement