असार १०, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोग्य वस्तुमा कानूनविपरीत मूल्यवृद्धि गरे कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् । यसमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
साथै उनले उपभोग्य वस्तुको मूल्य घटाई उपभोक्तालाई राहत दिन व्यावसायीलाई आग्रह गरे ।
बजार अनुगमन गरिने
उनले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गरिने बताए । संघ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाएर मूल्य नियन्त्रण गरिने उनले विश्वास व्यक्त गरे ।