ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ग्लोबल आइएमईद्वारा महिला स्वास्थ्य शिविर आयोजना

२०७९ असार, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले महिला स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा निःशुल्क रूपमा सेवा प्रदान गरिएको थियो ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी र डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको हो । त्यस्तै दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले ७५७ जना महिलालाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवा निःशुल्क दिएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित स्थानीय तहको समन्वयमा बैंकले शिविर गरेको बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement