असार १३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक १० दशलमव ३२ अंकले बढेको छ ।
उक्त अवधिमा नेप्से परिसूचक १ हजार ९६७ दशमलव ३० विन्दुमा पुगेको हो । प्रि - ओपन सेसनमा कारोबारमा आएका ४४ ओटा कम्पनीको रू. २६ लाख ८५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा सर्वाधिक शेयर खरीदविक्री आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३ लाख ८२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ९४ दशमलव ९२ अंक अर्थात् ५ दशमलव १० प्रतिशत वृद्धि भएर १ हजार ९५६ दशमलव ९८ विन्दुमा बन्द भएको थियो । उक्त कारोबार दिन कुल रू.२ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ दशमलव ८३ बराबरको शेयर खरीदविक्री भएको थियो ।