असार १४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलवार स्थिर रहेको छ ।
यो दिन सोमवारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलवार चाँदीको भाउ प्रतितोला १ हजार २५५ रुपैयाँ कायम रहेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि
उता अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य भने बढेको छ । यो दिन सुनको मूल्य प्रतिऔंस १ हजार ८२५ डलरमा खरीदविक्री भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा मंगलवार २ डलरले बढेको हो । यसैगरी यो दिन एक अमेरिकी एक डलरको खरीद दर १२५ दशमलव शून्य ५ रुपैयाँ र विक्रीदर १२५ दशमलव ६५ रुपैयाँ रहेको छ।