ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुधीर बस्नेतको साढे १० रोपनी जग्गासहित कोहिनुर अपार्टमेन्ट लिलामीमा, कति छ बजार मूल्य ?

२०७९ असार, १४  
घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले कर्मचारी  सञ्चय कोषमा धितो राखेको कोहिनुर अपार्टमेन्ट लिलामीमा जाने भएको छ ।

कोषले धितोमा राखेको १० रोपनी ९ आना जग्गा र त्यसमा निर्माणाधीन अपार्टमेन्ट भवन लिलामीको लागि २१ दिने सूचना प्रकाशित गरेको छ ।

१० वर्षअघि नै बस्नेतले कोषबाट ऋण लिएर उक्त अपार्टमेन्ट बनाउन खोजेका थिए । ओरियन्टल सहकारीका अध्यक्षसमेत रहेका बस्नेत घरजग्गा व्यवसायबाट टाट पल्टिएपछि उक्त योजना अलपत्र अवस्थामा छ ।

कोषले आधा बनेको अपार्टमेन्ट र जग्गाको मूल्याङ्कन १ अर्ब रुपैयाँ गरेको कोष स्रोतले बताएको छ । उक्त प्रोपर्टी खरीद गर्न चाहने व्यक्तिले २१ दिनभित्र बिडिङ प्रक्रियामा भाग लिनुपर्ने छ । 

कोहिनुर हिल हाउजिङका तर्फबाट २१ दिनभित्र कोषको ऋण चुक्ता गरेमा बिडिङ प्रक्रिया स्थगित हुने छ । अन्यथा बिडमा भाग लिएर धेरै रकम कोबल गर्नेले बिड खोलेको मितिले १ महीनाभित्र सबै रकम कोषमा जम्मा गर्नुपर्ने छ ।

कोषले बढीमा १२० दिनभित्र बढी बिडिङ गर्ने व्यक्तिलाई उक्त प्रोपर्टी कानूनी रुपमै हस्तान्तरण गर्ने सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।

कोषले यसअघि पनि उक्त अपार्टमेन्ट लिलामीको लागि प्रक्रिया अघि बढाएको थियो । तर ओरियन्टल सहकारी पीडितले अपार्टमेन्ट लिलामी रोक्न अदालतमा मुद्दा हालेपछि लिलामी प्रक्रिया रोकिएको थियो । अहिले अदालतबाट मुद्दा टुङ्गिएकाले लिलामी प्रक्रिया सफल हुने कोषको विश्वास छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement