असार १४, काठमाडौं। विद्युत् विकास विभागले दोधारादेखि कमदेवीसम्म ४०० केभी विद्यत् प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभावबारे स्थाननीयसँग राय मागेको छ ।
सुदूरपश्चिम प्रदेश, कैलालीको बर्दगोरिया गापा - ३ साविक दोधारा गाविसमा वन्ने दोधारा सबस्टेसनदेखि सोही जिल्लाको भजनी नगरपालिका - ५ को कर्मादेव गाउँ (नेपाल - भारत सिमानासम्म) यो प्रसारण लाइन निर्माण हुनेछ ।
लामो विद्युत् प्रसारण लाइन निर्माण गर्दा प्रतिकूल असर पर्ने/ नपर्ने भन्दै विभागले स्थानीयसँग राय मागेको हो । भजनी नगरपालिका- ५ मा ५०० मेगावाट(मेवा) क्षमताको ४०० केभी डबल सर्किट, करीब २७ किलो मिटर लामो विद्यत् प्रसारण लाइन निर्माण अनुमतिकाे लागि प्रवर्द्धक कम्पनी श्री राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले दरखास्त पेश गरेको थियो।
यस प्रसारण लाइन ४०० किलो भोल्ट, डबल सर्किट रहने र २ हजार ५०० मेगावाटसम्मको विद्युत् प्रसारण क्षमता रहने छ । प्रसारण लाइनको लम्बाई करीब २७ किलोमिटर हुनेछ जसमा करीब ९० ओटा टावर जडान गरिने छ ।
आयोजना निर्माणको लागि कुल १५१ दशमलव ५५ हेक्टर जमीन आवश्यकता पर्नेछ । प्रसारण लाइनको निर्माण कार्य मिति २०८२ असोजभित्र सम्पन्न गरिने लक्ष्य छ ।